पोखरा फेरि अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको इमर्जेन्सी बिभागमा कार्यरत ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनि केहिदिन देखि होटल क्वारेन्टाइनमा बसेका थिए । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा ल्याउने तयारी गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसअछि आजै बिहान कास्की सेवा हस्पिटलमा कार्यरत एक जना नर्समा कोरोना पुष्टि भएको थियो । यससंगै गण्डकीमा कोरोना संक्रकितको संख्या १ हजार ८८० पुगेको छ ।
प्रदेशमा गत २४ घण्टामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० र क्षयरोग उपचार केन्द्र, पोखरामा ३६३ गरि कुल ४१३ नमुना परिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार