पोखरा महानगरपालिकामा एकै पटक ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको नमुना परिक्षणमा २ जना स्वास्थ्यकर्मी र २ जना बिरामी सहित ३१ जनामा कोरोना संक्तमण देखिएको हो ।
मेडीप्लस अस्पतालमा उपचाररत २ जना बिरामी र पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) लाई कोरोना संक्रमण भएको हो । यस्तै सोही अस्पतालमा कार्यरत ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ ।
उता औद्योगिक क्षेत्रमा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुषलाई पनि कोरोना संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार