पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका वडा नं. १६ का ८७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनलाई उच्चरक्तचाप, मधुमेह र मृर्गौलाको समेत समस्या रहेको अस्पतालले जनाएको छ । साउन ३२ गते उच्च ज्वरो आई अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचाररत उनको आज बिहान १०ः४० बजे मृत्यु भएको हो ।
यसअघि गयराति तनहुँकी एक महिलाको पनि उपचारकै क्रममा पोखरामा मृत्यु भएको थियो ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार