पोखरा महानगरपालिका वडा नं. १६ र १९ ले वडाका विभिन्न स्थानहरुमा कोरोना भाइरसका संक्रमितहरु फेला परेको भन्दै आवाश्यक सचेतना अपनाउन संयुक्त रुपमा अपिल गरेका छन् ।
वडावासीहरुलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन, अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा तथा व्यवसायहरु बन्द गर्न, जरुरी कामले बाहिर निस्कनु परेमा भौतिक दुरी कायम गर्न र जाथाभाबी रुपमा सवारी साधनहरु नचलाउन वडा कार्यालयहरुले आग्रह गरेका हुन् ।
साथै उनिहरुले संक्रमित स्थान वरिपरिको चहलपहल तत्काल कम गरि नगारिकको तर्फबाट बहन गर्नु पर्ने दायित्य र कर्तव्यको पुर्ण पालना गर्न अपिल गरेका छन् । अध्यक्षद्धय जिवनप्रसाद आचार्य र शोभा मोहन पौडेलद्धारा सयुक्त विज्ञप्तीमा राज्यको तर्फबाट गर्ने सर्तकता र व्यवस्थापकिय काममा कुनै प्रकारको कमि हुन नदिने उनिहरुले विश्वास दिलाएका छन् ।
संक्रमण बढ्दै गएको खण्डमा प्रभावित क्षेत्र कम्तिमा पनि एक साता सिल गर्नु पर्ने अवस्था आउन सक्ने प्रति सचेतता पुर्वक तयारी हालतमा रहन उनिहरुले सुझाएका छन् । हाल पोखरा १९ का भक्तिपथमा ४ जना, भण्डारीडरमा १ जना, खत्रीडहरमा १ जना र माछापुच्छ्रेटोलमा १ जनामा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार