आंशिक प्राध्यापकहरुको आन्दोलनले पोखराको पृथ्वीनारायण क्याम्पसको दैनिक कार्यसंचलनमा असर परेको छ ।
क्याम्पसको ७० प्रतिशत कार्यभार सम्हालेका आफूहरुले पूरा काम गरेपनि समान ज्याला नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरु लामो समयदेखि आन्दोलनमा छन् ।
उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने, क्याम्पसको रिक्त प्राध्यापक दरवन्दीमा आंशिक प्राध्यापकहरु बाटै नियुक्ती हुनुपर्ने माग गर्दै आएका छन् ।

आंशिक प्राध्यापकहरुले आफ्ना जायज मागहरु साउन २२ गतेसम्म सुनुवाई गर्ने गरि प्रशासनसंग सम्झौता गरेका भएपनि प्रशासनले पुरै वेवास्ता गरेको आंशिक प्राध्यापक संघका अध्यक्ष सुनील गौतमले बताए ।
अब पनि माग पूरा नभए आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने उनले चेतावनी दिएका छन् । उनिहरुले हिजो क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् ।
पृथ्वीनारायण क्याम्पसमा १४ वर्षदेखि आंशिक प्राध्यापकको रुपमा कार्यरत २१४ जना आंशिक प्राध्यापकहरु छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार