काठमाण्डौ, जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताउनुभएको छ । धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुने र यसले देश विकासको गियर परिवर्तन गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधारमात्र नभइ आमूल परिवर्तन गर्न चाहेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताउनुभयो । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको क्षत्री समाज नेपाल र ब्राह्मण समाज नेपाल बिच एकता हुन आवश्यक रहेको पोखरामा आयोजित कार्यक्रमका अगुवाहरुले बताएका छन् । ब्राह्मण समाज नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा क्षत्री समाज नेपालका केन्द्रीय पदाधिकारी बिच भएको अन्तरक्रिया कार्यक्रममा बहुसंख्यक क्षत्री ब्राह्मणलाई पछाडि पार्दै अन्यमा पारी राज्यले आरक्षण आतंक फैलाएकोले दुवै समाज एक भई आन्दोलनमा उत्रनुपर्ने धारणा राखिएको थियो । सरकारसँग भएको सम्झौता पालना गराउन तथा विगतका माग मुद्दाहरुलाई सम्वोधन गराउन दुवै समाजले आधिकारिक निर्णयका साथ योजना अगाडि बढाइने भएको छ । कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले नेपालको सम्पूर्ण परिवर्तन ब्राह्मणको बुद्धि क्षत्रीको शक्तिले मात्र सम्भव भएकोले अबको दिनमा समाज राजनीति भन्दा माथि उठी एक भई संयुक्त रुपमा लाग्नुपर्ने बताए । ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायण प्रसाद अधिकारीले दुवै समाजले वर्तमान समयलाई बुझी देशको धर्म, संस्कृति, पहिचान रक्षाका लागि सशक्त रुपमा अगाडि बढ्नुको विकल्प नभएको बताए । कार्यक्रमबाट केही दिनभित्र दुवै समाजको तर्फबाट आवश्यक योजना तय गरिने भएको छ । कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्षहरु कृष्ण बहादुर थापा, लक्ष्मी पाण्डे, महासचिव केश बहादुर के.सी., कोषाध्यक्ष रिव बहादुर थापा, सहकोषाध्यक्ष अर्जुन बहादुर बस्नेत, क्षेत्री महिला समाजका केन्द्रीय अध्यक्ष उर्मिला खड्का, ब्राह्मण समाज केन्द्रीय उपाध्यक्ष महेश पराजुली, महासचिव ओम शर्मा, केन्द्रीय सदस्य बलराज पौडेल, ध्रुव पराजुली, विष्णु कोइराला, विश्व हिन्दु महासंघ कास्की अध्यक्ष शंकर खराल, पूर्व कोषाध्यक्ष लक्ष्मण पौडेल लगायतले ब्राह्मण क्षत्री लगायत अन्य जातीय समाजबाट विगतमा भएको आन्दोलनले देशको अस्तित्व जोगाउन पुनः सशक्त आन्दोलनमा जानुपर्ने बताएका थिए ।
कास्कीको मादी गाउँपालिका १ खिलाङमा स्थानीय थन्कु देउराली युवा क्लबको आयोजनामा एकदिने युवा जागरण तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । मादी गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रममा खिलाङ गाउँका ४० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई युवा जनशक्तिको महत्व, युवाहरुको नेतृत्व विकास तथा युवाहरुको समस्य र अवसरहरुको बारेमा प्रशिक्षण दिईएको थियो । कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि मादी १ का वडा सदस्य तथा खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङले युवाहरुमा बेरोजगारको समस्य बढदै गएको तथा उनीहरुलाई नैतिक अनुसाशन सिकाउनका निम्ति तालिम आयोजना गरिएको भन्दै आयोजक थन्कु देउराली युवा क्लबलाई धन्यवाद दिनुभयो ।
आउने दिनमा युवा क्लबले यस्तै रचनात्मक कार्यक्रमको आयोजना गर्दै गएमा वडा तथा गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्दै जाने उहाँको भनाई छ । कार्यक्रममा स्थानापति नि.मा.वि.का प्रधानाध्यापक यमबहादुर गुरुङ, थन्कु देउराली आमा समुहका अध्यक्ष सुकनादेवि गुरुङ, स्थानापति निमावि व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ, खिलाङ पोखरा युवा समितिका अध्यक्ष झलक गुरुङ, विभिन्न टोल सुधार समितिका संयोजकहरु लगायतले कार्यक्रमको बारेमा आफनो भनाई राख्नु भएको थियो । खिलाङ गाउँका समाजसेवी रनध्वोज गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम थन्कु देउराली युवा क्लबका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गर्नुभएको थियो ।
अचेल तालीम लिने धेरै छन् तर ब्यवसायी भएको कमै सुनिन्छ । पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवनप्रसाद भण्डारीले अब तामिल लिने मात्रै होइन, तालिम पछि व्यवसायी हुनु पर्ने वताएका हुन् । सोमबार पोखरा प्राविधिक शिक्षालय र औंद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको उद्यमसीलता तालिमको सुरुवात गर्दै उनले प्रदेश सरकारको युवालाई स्वरोजगार वनाउने उद्धेश्य अनुरुप कार्य गर्दै आएको वताए । दश दिनसम्म चल्ने उक्त तालिमा औंधोगिक ब्यबसाय बिकास प्रतिस्ठान गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख रामप्रसाद तिवारीले प्रशिक्षण दिने छन् । उनले तालिम पछी जागीर खाने भन्दा पनि जागीर दिने हुनुपर्छ भन्दै उद्दमशिलता बिकास तालीमले व्यवसायीक हुन सहयोग गर्नेछ । तालिममा पोखरा बिज्ञान तथा प्राविधिक बिद्यालयका विद्यार्थीहरु, ब्यवसाय सुरु गरेका ब्यबसायीहरुको सहभागिता रहेको छ ।
तोयाकान नेपाल वादो–रियो कराते –डो संघले दोस्रो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०१९ गर्ने भएको छ । संघले यही जेष्ट १० र ११ गते दोस्रो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा गर्ने भएको हो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ४ सय खेलाडीको सहभागीता रहने तोयोकान नेपाल वादो–रियो कराते डो संघका उपाध्यक्ष ओम प्रसाद ढकालले जानकारी दिनुभयो । उहाले विभिन्न देशका अफिसियल ४० सदस्यहरुले सहभागीता जनाउने बताउनुभयो । उक्त प्रतियोगितामा कुल ३० स्वर्ण,३० रजत र ६० काष्य पदकका लागि खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने बताइएको छ । विगतमा संघले गरेको विभिन्न प्रतियोगिताबाट खेलाडीहरुले नेपाललाई विश्वका विभिन्न देशमा चिनाएको र विभिन्न पदकहरु समेत हासिल गर्न सफल भएको संघका सदसयहरुको भनाइ रहेको छ । कराते प्रतियोगितामा नेपाल,भारत, श्रीलंका, बांग्लादेश,जापान र पाकिस्तान लगायत देशको सहभागीता हुने जनाइएको छ । संघले किक बक्सीङका प्रतियोगिहरुका लागि नगद पुरस्कारको व्यवस्था गरेको जनाएको छ । किक बक्सीङमा प्रथम स्थान हासिल गर्नेलाई १० हजार, द्धतीय स्थान हासिल गर्नेलाई ५ हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्नेलाई ३ हजार रुपैयाँ पुरस्कार दिने आयोजकको भनाइ छ । यस्त प्रतियोगिताले नेपाललाई खेल क्षेत्रमा अगाडी बढन महत्वपूर्ण भूमिका खेल्ने र खेलाडीहरुको क्षेमतामा समेत विकास हुने आयोजक तोयाकान नेपाल वादो–रियो कराते –डो संघले जनाएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७६”का लागि प्रतिभा छनौट समिति गठन भएको छ । नेपाल मगर पत्रकार संघ, कास्कीको आइतबार बसेको बैठकले संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको हो । छनौट समितिमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर संघ, म्याग्दे गाउँपालिका, तनहुँकी अध्यक्ष नरमाया आलेमगर तथा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर पदेन सदस्य रहनुभएको छ । सो पुरस्कार यही जेठ २५ गते वितरण गरिने राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष तारामाया थापामगरले जानकारी दिनुभयो । मगर जातिको मौलिक सांस्कृतिक चिनारीका रुपमा रहेको कौरा नाचको संरक्षण एवं प्रचारप्रसारका लागि पत्रकारितामा क्रियाशील पत्रकारलाई हौसलास्वरुप यो पुरस्कार स्थापना गरिएको उपाध्यक्ष थापामगरले बताउनुभयो । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको स्थापना दिवस जेठ १५ गतेको सन्दर्भमा यो पुरस्कार हरेक वर्ष प्रदान गरिने हिसाबले गत वर्षदेखि सुरुवात गरिएको हो । बैठकमा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले संगठनलाई क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार