काठमाण्डौ, जेठ ।
तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने जनाएको छ । टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने बताईएको थियो । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पहिलो दिन टियुमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ र मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच खेल हुने राखेपका सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालमा आन्तरिक खेल धेरै हुदा क्रिकेटका खेलाडीहरुलाई फाइदा हुने र खेलको पनि बिकास हुने विश्वास व्यक्त गनुैभयो । पत्रकार सम्मेलनमा प्रतियोगिताको जर्सी समेत सार्वजनिक गरिएको छ । सहभागी टोलीका कप्तानहरुले जर्सी सार्वजनिक गरे । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ । प्रतियोगितालाई एक्स्पर्ट भिसा एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रयोजन गरेको छ । प्रायोजन सम्झौतामा शनिबार नै हस्ताक्षर भएको छ ।


नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक कुनैपनि हालतमा फिर्ता हुनुपर्ने वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहांले संविधान प्रदत अधिकारमाथी हनन हुने कार्य कांग्रेसलाई मान्य नहुने भन्दै संसदमा दर्ता गरिएको सुरक्षा परिषद तथा मानवअधिकार सम्वन्धी विधेयकपनि सरकार फिर्ता लिनुपर्ने वताउनुभयो । मानव अधिकारको रक्षा,प्रेस स्वतन्त्रताप्रति कांग्रेस प्रतिवद्ध रहेको उहाको भनाई थियो । लोकतन्त्रमाथी आघात पुग्नेगरी ल्याईको तिनवटै विधेयक कांग्रेसले पास हुन नदिने उहांले वताउनुभयो । सभापती देउवाले संचारमाध्यमले के लेख्ने हुुने वा के नलेख्न हुुने भन्ने विषयमा पत्रकार र संचारमाध्यम आफै गंभिर भएकाले प्रेसमाथी अंकुश लगाउने गतिविधी काग्रेसलाई मान्य नहुने वताउनुभयो । सभापती देउवाले कांग्रेसले शुरु गरेको जागरण अभियानले महत्पुुण भएको उल्लेख गर्र्दै अभियानले कांग्रेसलाई एकतावद्ध वनाउन वल पुगेको वताउनुभयो । उहाले काग्रेस विचको आपसी मतभेद हटाउन समेत अभियान सफल हुदै गएको वताउनुभयो । गाउगाउमा संचालित जानगरण अभियानले पार्टीका सवै नेता कार्यकर्तालाई एकठाउमा ल्याएको उहाको दावी थियो । जागरण अभियानले कांग्रेसलाई पहिलेको अवस्थामा फर्काउन सफल हुने उहाले वताउनुभयो । उहाले सरकारको गठन भएको डेढवर्ष विति सक्दापनि सरकारले जनताले अनुभुतिगर्नेगरी कामगर्न नसकेको वताउनुभयो ।


प्रकृतिकपूजक किरात समुदायले शनिबार उभौली पर्व मनाएका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किरातले भव्य रूपमा किराती रितिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् । उभौलीका अवसरका ललितपुरको हात्तीवनमा साकेला चण्डी नाचको आयोजना गरिएको थियो । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किरात जातिले वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार