संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको गुरुयोजनाका सम्बन्धमा थप छलफल गर्नका लागि ३ सदस्यीय समिति गठन गरेका छन् ।
मन्त्रीले नै समिति गठन गरेपछि पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना तत्कालका लागि रोकिएको छ ।

कोरोना महामारीका कारण बन्द विद्यालय पुनः सञ्चालनको अधिकार स्थानीय तह र विद्यालयलाई दिन सुझाव


मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख र पुरातत्व विभागका महानिर्देशक सम्मिलित समिति गठन भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।
समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ । महानिर्देशक गौतमका अनुसार समितिले प्रतिवेदन नबुझाएसम्म गुरुयोजनाको सम्पूर्ण काम अहिलेकै अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ ।

गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, कास्कीका ६ सहित २० जनामा कोरोना संक्रमण


गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको योजना समेटिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार