काठमाण्डौ, ०९ चैत्र ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षाका क्षेत्रमा राज्यले ध्यान दिन नसकेको आरोप लगानुभएको छ ।
नेपाल शिक्षक संघले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले स्थानीय, प्रदेश र केन्द्र सरकारले शिक्षाको क्षेत्रमा ध्यान दिन नसकेको बताउनुभएको हो । उहाले दुई तिहाईको वर्तमान सरकारले संविधानले दिएको अधिकार पनि जनतामाझ लैजान नसकेको आरोप पनि लगाउनुभयो ।


उहाले संविधानको कार्यान्वयनका लागी पनि सरकारले प्रयाप्त कानून बनाउन नसकेको टिप्पणी पनि गर्नुभयो । उहाले शिक्षाको गुणस्तरमा वृद्धि हुन नसक्दा लाखौ बिद्यार्थीहरुका साथै शिक्षकहरुपनि असुरक्षित गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेता सिंहले केहि शिक्षकहरुलाई स्म्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार