पोखरा, ०५ चैत्र ।
पटक पटक करका लागी ताकेता गर्दा पनि वेवास्ता गरेपछि पोखरामा संचलित ८ वटा प्याराग्लाइडिङ कम्पनी कारवाहीमा परेकाछन् ।

पोखरा महानगरपालिकामा नविकरण समेत नगरेका ८ वटा प्याराग्लाइडिङ कम्पनीलाई महानगरले उडान रद्ध गरी कारवाही गरेको हो ।


कार्वाहीमा गोल्डेन हेवन, नमस्ते, एड्भान्स, एरो लाईफ, ड्रागन फ्लाई, फ्लाई टि.भी., हिमालयन स्काइ र अन्नपूर्ण प्याराग्लाइडिङ कम्पनी परेका हुन् ।

यि कम्पनीले महानगरमा नविकरण नगरेकोले प्याराग्लाइडिङ उडान रद्ध गरिदिएको हो ।

महानगरपालिकाले पोखराका दुई ठाँउमा चेक पोष्ट राखेर नविकरण नगरेका कम्पनीलाई उडान प्रतिवन्द गराउन सुरु गरेको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए ।

महानगरमा हालसम्म ४२ वटा कम्पनीले नविकरण गरेकाछन् ।


११ वटा कम्पनीले भने कारवाही स्वरुप जरिवाना सहित नविकरण शुल्क तिरेका छन् । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी संचलनमा छन् । महानगरपालिकाले नविकरण नगरेका कम्पनी उपर चैत्रबाट प्रति महिना ५ हजार जरीवाना लिने भएको छ । असार मसान्त भित्र महानगरपालिकामा नविकरण नगर्ने कम्पनीनै खारेजी गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार