म्याग्दी, जेठ ।
१५ बर्षिया बालिका माथि सामुहिक बलात्कार भएको छ । बेनी नगरपालिका– ४ डाँडाखेतकी बालिका माथि तीन जनाले सामुहिक बलात्कार गरेका हुन् । जेठ ७ गते राती करिब १२ बजे घरबाट शौचालय जान घरबाहिर निस्किएकी बालिका माथि सामुहिक बलात्कार गर्ने तीन जनालाई नै पक्राउ गरि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिवार बेनीमा पत्रकार सम्मेलन गरि कक्षा ८ मा अध्ययनरत किसोरीमाथि बलात्कारमा संलग्न बेनी नगरपालिका– ५ का २६ बर्षिय कृष्ण विक, २१ बर्षका विकास किसान र १९ बर्षको प्रेम किसानलाई प्रक्राउ गरिएको जानकारी दिएको छ ।

बलात्कारमा संलग्न १ जनालाई पीडित किसोरीले पहिचान गरेपछि तीनै जानलाई प्रहरीले पक्राउ गरेको थियो । घटनामा संलग्न दुई जनालाई घरबाटै नियन्त्रणमा लिईएको भएपनि घटना पश्चात फरार भएका कृष्ण विकलाई भने म्याग्दीको रुम हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको समयमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । स्थानीय डडुवा गाउँमा लागेको मेला मानेर फर्कने क्रममा मदिरा सेवन गरेका ति युवाहरुले किसोरीलाई घर नजीकै रहेको बारीमा लगेर डर धम्की देखाएर हारगुहार समेत गर्न नपाउने गरि मुख थुनेर पालैपाले जर्वजस्ती करणी गरेको देखिएको प्रहरीले जनाएको छ । पीडित र पिडक सबैको स्वास्थ्य परिक्षण गरिएको छ । किसोरीमाथि जवर्जस्ती करणीमा संलग्नलाई कडा कारबाही गर्न पीडितका आफन्तले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार