काठमाण्डौ, २८ फाल्गुन ।
ओरियन्टल को–ओपरेटिभ लिमिटेडका पीडित निक्षेपकर्ताहरुले आफूहरुको चार अर्ब पच्चिस करोड रुपैयाँको साँवा र ब्याजसहित तत्काल फिर्ता गर्न माग गरेका छन ।


मंगलबार काठमाडौमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेका हुन् । ब्यबस्थापन समितिको कार्य प्रगतिमा निक्षेप फिर्ता हुनेतर्फ ठोस कार्य योजना चाल्नुपर्ने उनीहरुको माग छ । सात बर्ष बितिसक्दापनि ओरिन्टेल को–अपरिटिभ लिमिटेडले ब्याजसहित करिव सात अर्ब पचास करोड बरावरको निक्षेपकर्ता फिर्ता नगरेको र सरकारले गठन गरेको ब्यवस्थापन समितिले पीडितलाई समस्यामा पार्न खोजेको उनीहरुको आरोप छ । कार्यक्रममा बोल्दै प्रा. अमुदा श्रेष्ठले आफुहरुको अभिभावकको रुपमा रहेको सरकारले गठन गरेको ब्यवस्थापन समितिले आफुहरुलाई झुक्याउने प्रबृत्तिले प्रतिबेदन बाहिर ल्याएको भन्दै कडा आपत्ति जनाउनुभयो । आफ्ना समस्याहरुप्रति ब्यवस्थापन समिति गैर–जिम्मेवार भएको भन्दै उहाले ब्यवस्थापन पक्षले जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै डा. नारायणभक्त श्रेष्ठले नेपाल सरकारले बनाएको ब्यवस्थापन समितिले पीडितहरुको समस्यालाई आत्मसात नगरेको गुनासो गर्नुभयो । आफुहको आन्दोलनपश्चात् सरकारले ब्यवस्थापन समितिको गठन गरेतापनि अहिले आएर समितिले निकालेको प्रतिबेदनमा ओरिन्टलको सम्पत्तिभित्र भेगासिटी, धापासि हाईट, धुम्बाराहि, ईम्पेरिएल, सानेपा हाईट, जहाजजस्ता सम्पत्तिहरु प्रतिवेदनमा किन देखाएन भन्दै उनीहरुले आक्रोश पोखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार