काठमाण्डौ, चैत्र ।
प्रधानन्याधिश ओमप्रकाश मिश्रले स्वतन्त्र न्यायपालीकाबाट नै नागरिकको मानवअधिकारको रक्षा हुने बताउनुभएको छ ।
मानवअधिकार आयोगले शुक्रबार काठमाडौमा आयोजनामा उहाले नागरिकको अधिकारको रक्षा गर्न आयोग गम्भीर हुने समेत बताउनुभयो ।

मानवअधिकार संवेदनशिल भएको भएको भन्दै मानवअधिकारको रक्षाका लागी सबै गम्भीर हुनुपर्ने उहाको भनाई छ । मानवअधिकारसम्बन्धी कानुन कार्यान्वयनका लागी मानवअधिरका आयोगले गरेको भूमिका अपरिहार्य भएको उहाले बताउनुभयो ।
कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकालले संविधानको कार्यान्वयनका लागी बिभिन्न कानून बनाउने क्रममा मानवअधिकार सम्बन्धी कानुन महत्वपूर्ण रहेको बताउनुभयो । सरकार मानवअधिकार रक्षाका लागी प्रतिवद्ध रहेको उहाको भनाई छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार