नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । पार्टीमा देखिएको विवाद समाधानका लागि कार्यदल गठन गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
कार्यदल गठनका लागि आफ्नो समूहबाट सहमति लिइसकेका बताईएको छ । सबै विषयमा खुला छलफल गरेर सहमतिको प्रस्ताव तयार पार्न कार्यदल बनाउने तयारी छ ।
प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्ताव कै वरिपरि सहमति खोज्ने प्रस्ताव राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार