पोखरा। जेठ ।
बिहिबार पोखरामा ओलि एण्ड एसोसिएट्स एजुकेशन फेयर २०१९ हुदैछ । सन् २००२ देखी निरन्तर नेपाल र अष्ट्रेलियामा सञ्चालनमा रहेको ओलि एण्ड एसोसिएट्सले उच्च शिक्षाका लागी अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै नेपालका मुख्य शहर मध्ये पोखरामा पनि शैक्षिक मेलाको आयोजना गरिएको फेयरका प्रवन्धक तिलक लामिछाने जानकारी दिनुभयो ।

मेलामा शैक्षिक परामर्श, छात्रवृतिको अवसर, शैक्षिक कर्जाको लागि बैङ्कका प्रतिनिधिहरुसगँ छलफल, कलेजका विद्यार्थीहरुसँग छलफल, आई.एलटि.एस पिटिको बारेमा जानकारी, गिफ्ट ह्रयाम्पर, फोटोसेसन, रिफ्रेस्मेन्ट लगायत मुख्य आकर्षणको रुपमा रहेको लामिछानेले जनाउनुभयो । शैक्षिक मेला पोखरा ५ जिरो कि.मि स्थित निर्मल शान्ती निवासमा हुनेछ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा विद्यार्थी तथा अभिभावकहरुले परामर्श लिन सक्नेछन् । शैक्षिक मेलामा अष्ट्रेलियन कलेजका प्रतिनिधिहरु, ओलि एण्ड एसोसिएट्सका प्रवन्ध निर्देशक तथा अष्ट्रेलियन माइग्रेसन एजेन्ट भवानी ओली, संस्थाका नेपाल प्रमुख सुदर्शन शर्मा, बैङ्कका प्रतिनिधिहरुको सहभागिता रहने छ । मेलामा पोखरा लगाएत आसपासका करिब ५०० भन्दा बढी विधार्थी तथा अभिभावकको सहमागीता रहने आयोजकले अपेक्षा राखेको छ ।














तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार