काठमाण्डौ, वैशाख ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम ‘सतही’ भएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उहाले नीति तथा कार्यक्रम महत्वाकांक्षी, कामभन्दा प्रचार र प्रोपोगाण्डामा केन्द्रित रहेको बताउनुभयो ।


गत वर्ष यही सरकारले ४३ पृष्ठ लामो १०३ बुँदासहितको नीति तथा कार्यक्रम ल्याएको स्मरण गर्दै तिनमा उल्लेखित कति कार्यक्रम कार्यान्वयन भए भन्नेबारे समीक्षा हुनुपर्ने उहाले बताउनुभयो । सरकारले प्रतिकुल तथ्यांक लुकाउने गरेको आरोपसमेत लगाउदै उहाले तथ्यांकमाथि राजनीतिक नगर्नसरकारलाई सचेत गराउनुभयो । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद महन्थ ठाकुरले सिंहदरवार अहिले निरंकुशताको जीवित रुपका रुपमा देखिएको टिप्पणी गर्नुभयो ।
ठाकुरले परम्परागत शैलीमै प्रस्तुत भएको नीति तथा कार्यक्रममा मधेसी जनताका लागि केही नभएको टिप्पणी गर्नुभयो । त्यस्तै नेकपा सांसद शेर वहादुर तामाङले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ठ र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका नेता विमलप्रसाद श्रीवास्तवले सरकारको नीति तथा कार्यक्रममा मुलुकका सबै क्षेत्रलाई समेट्न नसकेको बताउनुभयो । बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार