राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यकर्मीहरु माथीको र्दुव्यवहार बन्द गर्न अनुरोध गरेको छ ।
मुलुकका विभिन्न स्थानहरुमा स्वास्थ्यकर्मीहरु माथी भैरहेको धम्की तथा अमानविय व्यवहारका घट्नाहरु प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “अनुगमनका क्रममा उपचारमा अहोरात्र खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनिहरु बसेको घरमा स्थानिय तथा छरछिमेकीले घेरा हाली धम्की तथा र्दुव्यवहार गरेको पाईएको छ ।”
यसलाई आयोगले अत्यन्तै दुखद भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार