काठमाण्डौ, वैशाख ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बिनासकारी हावाहुरीबाट घर क्षती भएका परिवारलाई बर्षातको समय अगावै घरको पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठक बर्षातको समयअगावै सकभर एकीकृत बस्तीको अवधारण अनुसार पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको हो । एकीकृत बस्तीको प्रक्रियामा जादा ढिला हुने देखिए सम्भव भएको स्थानमा मात्र एकीकृत बस्ती निर्माण गनुपर्नेमा समितिको जोड छ ।


संयुक्त तथा ठूलो आकारको परिवार तथा एउटै छानामुनी फरक फरक परिवार बसेको अवस्थामा जनता अवास कार्यक्रम अन्तर्गत दिईने आवास प्रत्याप्त नहुने भएकाले बैकल्पीक व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै प्राकृतिक बिपतबाट घाइतेहरुको उपचारका लागी घुम्ती स्वास्थय शिविर सञ्चालन गर्न पनि निर्देशन दिईएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पिडित क्षेत्रमा खाद्यान्न अभाव हुन नदिन खाद्यान्न उपलव्ध गराउन पनि निर्देशन दिईएको उहाले बताउनुभयो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आफ्नो स्वामित्वको जग्गा नभएको जनताको हकमा स्थानीय तहले नै निर्धारण गर्न सक्ने र जमिनको प्रवन्ँध गर्ने गरि निर्देशन दिइएको बताउनुभयो । त्यस्तै शहरीबिकास मन्त्री मोहम्मद इश्तियाक राईले जेष्ठ मसान्तभित्रै पिडित परिवारलाई आवासको बिकल्प दिनेगरि काम गरिरहेको जानकारी दिनुभयो ।
त्यस्तै समितिले तराईका केहि क्षेत्रका कैदीबन्दीगृहमाथि पनि अध्ययन गरि सोको अवस्था सुधार गर्नुपर्ने निष्कर्ष निकालेको थियो । बैठकमा गृहमन्त्री रामवहादुर थापाले जेलमा सिपमुलुक कार्यक्रम तथा अन्य बिकासको कार्यक्रमहरुको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाले कैदीबन्दीहरुको स्वाथ्यका लागी पनि अस्पताल विस्तार गर्ने योजना गरेको बताउनुभयो । बैठकमा समिति सदस्यहरुले जमिन नभएका परिवार वा अन्यत्र जग्गा भएका पिडितलाई अहिले नै समबोधन गरिनुपर्नेमा जोड दिएका थिए । बैठकमा समिति सभापति श्रेष्ठले बारा र पर्सामा चैत १७ गते आएको आँधिहुरीबाट भएको क्षतिका स्थलगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसअघि समिति सभापति शशी श्रेष्ठ र सदस्यहरुसहितले आँधिहुरीले पु¥याएको क्षतिबारे स्थलगत प्रतिवेदन तयार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार