काठमाण्डौ, वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल देखिएको बताउनुभएको छ । आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकार नयाँ संरचनामाथि अभ्यस्त नभइसकेकाले विकास निर्माण कार्यमा केही समस्याहरु विद्यमान रहेको बताउनुभयो । संरचना र कानुनहरु निर्माण भएपनि अभ्यस्त हुन केही समय लाग्न सक्ने उहाको भनाइ थियो । राष्ट्रका महत्वपूर्ण विकासका योजनाहरुलाई भाँझो हाल्ने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले विकास अवरुद्ध पार्नेलाई पहिचान गरी परास्त गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री ओलीले सरकारले ठूलो महत्वाकांक्षा लिए पनि अनुचित आकांक्षा कहिल्यै नराख्ने स्पष्ट पार्नुभयो । उहाले ३ वर्षभित्र गरिबी समाप्त पार्ने योजना रहेकाले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रत्येक नेपालीको जीवनस्तर उकास्न सरकारले केही महत्वाकांक्षी योजनाहरु ल्याउन लागेको प्रधानमन्त्री ओलीको भनाई छ । बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले समृद्धिको आकाँक्षा र अपेक्षाका साथ पन्ध्रौँ योजना अघि सारिएको बताउनुभयो । बैठकले आयोगले तयार गरेको पन्ध्रौँ आवधिक योजनाको अवधारणापत्रलाई मन्त्रिपरिषद पेश गर्न स्वीकृत गर्ने र केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको एकीकृत तथ्याङ्क पोर्टल अघि बढाउने निर्णय गरेको छ ।
यसैविच गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आइतवार दुई पटकसम्म समय सार्दा पनि गृहमन्त्री थापा अनुपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो । बैठकमा सहभागी हुन गृहसचिव प्रेमकुमार राई आए पनि सांसदहरुले गृहमन्त्री उपस्थित हुनुपर्ने बताएका थिए । आइतबारको बैठकमा बारा र पर्सामा चैत १७ गते आएको आँधिहुरीबाट भएको क्षतिका स्थलगत प्रतिवेदन प्रस्तुत गर्ने तय भएको थियो । यसअघि समिति सभापति शशी श्रेष्ठ र सदस्यहरुसहितले आँधिहुरीले पु¥याएको क्षतिबारे स्थलगत प्रतिवेदन तयार गरेका थिए । बैठकमा समितिका सदस्यहरुले गृहमन्त्री नआइ बैठक बस्न नसक्ने बताएका थिए ।
बिनोद चौधरी
यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको आइतबार बिहान १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले काँग्रेस सधै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएको र लडिरहने बताउनुभयो । सभापति देउवाले लोकतन्त्र र प्रेस स्वतन्ताको विरुद्धमा काँग्रेस जान नसक्ने पनि बताउनुभयो । उहाले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार प्रेसप्रति अनुत्तरदायी भएको आरोप समेत लगाउँदै प्रेसमाथिको ज्यादतीप्रति भर्सना समेत गर्नुभयो । सभापति देउवाले प्रेस स्वतन्त्रताबारे पार्टीभित्र पनि छलफल चलाउने आश्वासन दिनुभयो । महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको टोलीले देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो । महासंघले पत्रकारिता सम्बन्धी जोडिएर बन्दै गरेका कानुनसंगै पछिल्लो समय पत्रकारमाथि भएका ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा आएका अभिव्यक्ति लगायतमा गम्भीर हुँदै आइतबारदेखि विभिन्न पार्टीका अध्यक्षहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन थालेको हो ।
यस्तै उद्योगपति बिनोद चौधरीले अवसर र समयलाई आवश्यकता अनुसार उपयोग गरे सफलताको बिन्दुमा पुग्न सकिने बताउनुएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय व्यवस्थापन बिभागले आइतबार काठमाडौं आयोजना गरेको अन्तक्र्रियामा बिद्यार्थीहरुमाझ चौधरीले सवैभन्दा कठिन बिषय अवसर र समयलाई व्यवस्थापन गर्नुभएको भन्दै यसलाई उपयोग गर्न सके सफलताको विन्दुमा पुग्न सकिने बताउनुभएको हो । उहाले कुनै पनि कुरामा ईमान्दार लगानशील भएर लाग्न बिद्यार्थीहरुलाई सुझाव पनि दिनुभयो । सुरुवाती समयमा आफुले केहि सफल व्यक्तीहरुको सघर्षलाई अनुशरण गरेर अघि बढेको उहाको भनाई छ । उहाले अहिले केहि पुराना नाम चलेका कम्पनीहरु हराइसकेको भन्दै व्यवसायलाई पनि समयसापेक्ष रुपमा परिवर्तन गर्नुपर्ने तर्क गर्नुभयो । उहाले नेपालको आर्थिक समृद्धिका लागी आफुले पनि योगदान गर्ने प्रतिवद्धता जनाउनुभयो । अन्तक्र्रियामा बिद्यार्थीहरुले चौधरीको सफलताको कारण तथा भविष्यको योजनाका बारेमा जिज्ञासा राखेका थिए ।
यता मुलुकमा अन्याय अत्याचार भ्रष्टाचार बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागी नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । तरुण दलले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउदै अन्याय अत्याचार भ्रष्टाचार लगाएत बिषयका तत्काल न्यायिक समाधान खोज्न ध्यानकर्षण गराएको हो । सात बुदे ज्ञापनपत्रमा तरुणदलले निर्मलापन्त हत्या, भ्रष्टाचार, वाइडबडि प्रकरण, एनसेल प्रकररण लगाएतका बिषयलाई प्राथमिकतामा राखेको छ । ज्ञापन पत्र बुझाएपछि नेपाल तरुण दल काठमाडौ जिल्ला समितिका अध्यक्ष कृष्ण जी खड्काले सरकारी जग्गा अतिक्रमण लगाएतका बिषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको बताउनुभयो । उहाले ज्ञापन पत्र बुझाउदा पनि आफुहरुको बिषषयमा सम्बोधन नभए मुलुकभर नै आन्दोलन गर्ने चेतावनी दिनुभयो । तरुण दलले मेलम्ची खानेपानी आयोजना अवरुद्ध हुनुको कारणबारे जानकारी गराउनुपर्ने माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार