काठमाण्डौ, वैशाख ।
राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले कडा आपत्ति जनाएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे संघले पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि अहिले आएर भूमाफियाहरुले ब्यापारिक प्रयोजनको थलो बनाउन खोजेको आरोप लगाएको हो । बसपार्कलाई व्यवस्थित् र सुविधासम्पन्न बनाउन बन्दै केही वर्ष अगाडि काठमाडौं महानगरपालिका र जलेश्वर स्वछन्द विकोई विल्डर्स नामक कम्पनीका मालिक मनोज भेट्वालबीच सहमति भएको उल्लेख गर्दै संघले सो सम्झौताअनुसार काम नभएको जनाएको छ ।


कार्यक्रममा बोल्दै संघका महासचिव केशव अछामीले नेपालको मुटु मानिने खुलामञ्चजस्तो सार्वजनिक जग्गालाई भूमाफिया र दलालहरुले दोहन गरेको भन्दै गम्भिर आपत्ति जनाउनुभयो । आफुहरुसंग भएका सहमतिलाई तोड्दैै आर्थिक तथा राजनैतिक पहँुच भएकाहरुलाई राज्यले करोडौँको चलखेल गर्दै सो क्षेत्रमा अतिक्रमण गराईरहेको उहाको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य लिलाबहादुर दाहालले अहिलेको सरकार जनताको हो कि भुमाफियाहरुको भन्दै प्रति प्रश्न गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार