जेठ ।
नेपाली रेल कोलकता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फि सञ्चालन गर्न भारत सरकारले सैद्धान्तिक सहमती भएको जनाएको छ । गत जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न भएको नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा उक्त सम्झौता भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


नेपाल–भारत रेल सेवा सम्झौताको म्याद सम्झौताको धाराअनुसार स्वतः ५ वर्षका लागि नवीकरण भएको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो । त्यस्तै पारवहन सज्धिमा सहमती भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेल मार्फत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन र विराटनगर–जोगवनी, सुनौली–नौतनवा र कुर्था÷इनर्वा–जयनगर रुपमा रेल सेवा सञ्चालनमा आए पश्चात उक्त रुटहरु कार्गो ढुवानी गर्न पाउने गरी नेपाल–भारत रेल सेवा सभ्mौतामा थप गरिने लगायत १० बुँदामा सहमती भएको मन्त्रालयले उहाले बताउनुभयो ।


त्यस्तै नेपालको बीरगंज सुख्खा बन्दरगाहसम्म बिधुतीय रेल लाईन बिस्ता गर्न पनि भारतीय पक्ष सहमत भएको सचिव अधिकारीले बताउनुभयो । रेल सेवा सम्झौता चौथो बैठक ६ महिनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुई पक्षको अनुकुलतामा कुटनीतिक माध्यमबाट तय गरिने सहमती भएको मन्त्रालयले उल्लेख गरेको छ । बैठकमा रेल मार्फत द्धिपक्षीय र तेस्रो मुलुकबाट हुने पारवहन ढुवानी सहजीकरण गर्ने सम्बन्धमा विविध विषयमा छलफल भएको जनाइएको छ ।
















तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार