पोखरा, वैशाख ।
नेपाल प्रहरीले पूर्णरुपमा व्यावसायिक र पारदर्शी रुपमा काम गरिरहेको दाबी गरेको छ । संगठनको वार्षिक समीक्षा सार्वजनिक गर्न प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दे प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी पूर्णरुपमा व्यावसायिक र पारदर्शी रहेको दावी गर्दै अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको दाबी गर्नुभएको हो ।


त्यस्तै उहाले नेपालभित्रै भने नेपाल प्रहरीप्रति नकारात्मक टिप्पणी बढी हावी भइरहेको गुनासो गर्नुभयो । सबैले विगारेको कामलाई आईजीले नै विगारेको भनेर चित्रण गर्न खोजिएको भन्दै उहाले केहि पत्रकारले मिसन पत्रकारीता गरिरहेको आरोप लगाउनुभयो । खनालले संगठनभित्र अनुशासनविपरित र गैह्र व्यावशायिक गतिविधी गर्ने्विरुद्ध कडा कारबाही भइरहेको जानकारी पनि दिनुभयो । त्यस्तै उहाले १३ वर्षपछि पनि हत्यारा पत्ता लागेको दावी गर्दै निर्मला बलात्कार र हत्याका अभियुक्त पनि पक्राउ पर्ने बताउनुभयो ।
खनालले हत्या र यौनशोषणको आरोप लागेका रामबहादुर बमजनविरूद्ध यथेष्ट प्रमाण नपुगेकाले पक्राउ गर्न नसकिएको बताउनुभयो । उहाले प्रेस काउन्सीकको गलत जानकारीका कारण नै पोखराका पत्रकारलाई प्रक्राउ गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा प्रहरीले एकबर्षमा गरेका कामहरुको बारेमा जानकारी गराएको थियो ।
प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट राष्ट्रव्यापी सञ्जाल र अपराध रोकथाममा प्रणालीगत सुधार भएको जनाएको छ भने पछिल्लो एक बर्षमा संगठित र पेशेवर आपराधिक गतिविधि नियन्त्रण भएको प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार