वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाइ दुइतिहाइको घमन्ड नगर्न सचेत गराउनुभएको छ । बुधबार पार्टीनिकट युवा संगठनको २९औं स्थापना दिवस कार्यक्रममा नेता नेपालले गत निर्वाचनमा नेकपाले दुईतिहाइ मत नपाएकोतर्फ सचेत गराउँदै ५५ प्रतिशत मतमात्रै पाएकाले दुईतिहाइको घमन्ड गर्न नहुने बताउनुभएको हो । नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको तर त्यसका लागि नेतृत्वले जनताका कुरा सुन्न र दुःख–सुख बुझ्न सक्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता अध्ययनशील हुनुपर्ने भन्दै अध्ययन, चिन्तन गर्न सुझाव पनि दिनुभयो । नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा नेकपाका नेता झलनाथ खनालले एकताको बाँकी काम टुङ्ग्याउन निकै ढिलाई भएको भन्दै जेष्ट महिनाभित्र सबै काम सक्नुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा युवासंघका नेताहरुले पार्टी एकताको सम्पूर्ण काम समयमा नै सम्पन्न गर्न शिर्ष नेताहरुको ध्यानकर्षण गराएका थिए ।


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सबै काम टुङ्गीन अव केहि दिनमात्र बाकी रहको बताउनुभएको छ । युवा संघ नेपालको २९ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले जेठ ३ गते पार्टी एकताको सबै काम टुङुगीएको घोषणा हुन सक्ने बताउनुभयो । यसअघि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरुको घोषणा गरेको छ । अब पोलिटब्युरो, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जनवर्गीय संगठनको एकताको टुंगो लगाउन बाँकी छ । सकभर तीन गते एकता हुने नभए ३ वा ४ मा पनि हुन सक्ने उहाको भनाई छ । प्रधानमन्त्री स्वदेश फर्किए लगतै छलफल गरेर जनसंगठनको मात्रै भएपनि ३ गते एकता टुङ्ग्याउने उहाको भनाइ छ । प्रचण्डले यसअघि आफ्नै नेताहरुले एकता प्रकृया, सरकारका कामकारवाही र कम्युनिष्ट नेताहरुको आचरणबारे उठाइएका प्रश्नहरुप्रति सहमत रहेको बताउनुभयो । उहाले पार्टी एकता नेतृत्वको ठोस पहलकै कारण सम्भव भएको भन्दै नेतृत्वले हिम्मत नगरेको भए अहिले कम्युनिष्ट नेतृत्वको सरकार नबन्ने तर्क गर्नुभयो ।
प्रचण्डले तथाकथित राजनीतिका नाममा दम्भ गर्ने धार रहेको भन्ने भन्दै दक्षिणपन्थी जडता र बामपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने गरेकाले यी दुवै प्रवृति घातक हुने बताए । जिकिर गर्नुभयो । उहाले यसअघि एमालेका नेताहरुलाई छापामार शैलीमा प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयो । कार्यक्रममा रक्षामन्त्री तथा पार्टीकै सचिवालय सदस्य ईश्वर पोखरेलले नेतृत्वको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको थियो । विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै पोखरेलले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो । विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने र अन्तत कम्युनिस्ट पार्टीले नै दुर्गती भोगनुपर्ने भन्दै उहाले त्यसतर्फ सधै चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस्तै नेकपाका महासचिव बिष्णु पौडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभयो । एकताका धेरै महत्वपूर्ण काम सकिएपनि केही बाँकी छन् भनेर गुनासो आइरहेको र अव केहि दिनभित्र सो गुनासो पनि हट्ने उहाको भनाई छ ।


नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी कार्य गरेको आरोप लगाउनुभएको छ । प्रेस युनियन धनकुटाले बुधबार धनकुटामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले सरकारले अघि सारेको आमसञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आत्रमण रहेको टिप्पणी गर्नुभयो । मन्त्रीपरिषदबाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रको विरुद्ध रहेकोले संसदबाट पास गर्न नहुने महतको धारणा थियो । यस्तै, सरकारले मानवअधिकारको क्षेत्रमा समेत गलत कार्य गरेको उहाले बताउनुभयो । उहाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रचारमुखि मात्र रहेको भन्दै सस्तो लोकप्रियतामा सिमित यस्ता कार्यक्रमले दिर्घकालिन उपलब्धी नहुने बताउनुभयो । महतले वर्तमान सरकार राष्ट्रियताको सवालमा सबल रहेको भन्दै त्यसको फाइदा चीनसँगको व्यापार र सम्झौताप्रति सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार