आज नेपालमा १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार ४९४ नमुना परीक्षण गर्दा १ हजार ५३९ जनामा संक्रमण पुष्टि भएको हो । आज एकैदिन सवैभन्दा धेरै संक्रमित भेटिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुग्यो


संक्रमितहरु मध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृ-त्यु भएको छ ।

गण्डकीमा डेंगुका १०५ र स्क्रबटाईफसका ५४ जना बिरामी फेला


देशभरका क्वारेन्टिनहरुमा अहिलेपनि ७ हजार ६ सय बढि मानिसहरु बसिरहेका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २४२ जनाको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार