नेपालमा आज ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ७४३ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
उनीहरुमध्ये १८ हजार ८०६ जना निको भएका छन् । आज १७५ जना डिस्चार्ज भएका डा.गौतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार