आज नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरीका प्रयोगशालामा गरिएको रियलटाईम पिसिआर परिक्षणमा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरसका कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।
हालसम्म कोरोना संक्रमण मुक्त भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।
अहिले देशभरिका क्वारेन्टिनमा ११ हजार जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार