नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा गुल्मी, ओखलढुंगा र इलाममा निर्माण गरिएका आन्तरिक विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय भएपछि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले मान्यता प्रदान गरेको छ ।
यससंगै नेपालमा तीन वटा नयाँ आन्तरिक विमानस्थल थपिएका छन् । अब इलामस्थित फाल्गुनन्द कुसिलुम्बा विमानस्थल अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ संकेतमा चिनिने छ ।
यस्तै गुल्मीको रेसुंगा विमानस्थल ‘भीएनआरजी’ संकेत र ओखलढुंगामा निर्माण भएको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत नम्बरले चिनिने छ ।
अव नेपालमा आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ । नेपालमा अहिले एक अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । चार वटा आन्तरिक हब विमानस्थल (पोखरा, भैरहवा, नेपालगन्ज, विराटनगर) संचालनमा रहेका छन् ।
आन्तरिकतर्फ २६ विमानस्थल संचालनमा छन् । १८ वटा विमानस्थल भने बन्द अवस्थामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार