अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेका छन् ।
ओलिको यस्तो कार्यले पार्टी भित्र जारी विवादले फेरि नयाँ रुप लिएको छ । ओलिले बैठक एकाएक स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका स्थायी कमिटीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेको बताइएको छ । अहिले प्रचण्डले बैठकका लागि बालुवाटार पुगेका नेताहरुलाई ब्रिफिङ गरिरहेको स्रोतको दाबी छ ।
यसैबिच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको समीकरणमा फेरबदलको संकेत पनि देखिएको छ ।

नेपाल प्रहरीद्धारा काठमाडौंको कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद


यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् ।
यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।
गौतमले पार्टी नेताहरु सामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।
प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ ।

बागलुङको पश्चिम क्षेत्रका विभिन्न स्थानहरुमा गएको पहिरोमा परी ४ जनाको मृत्यु


गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।
नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार