पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम नेपाल कम्युनिष्ट पार्टी नेकपाका १५२ केन्द्रिय सदस्यहरुले बैठक बोलाउनु पर्ने माग गरेका छन् ।
उनिहरुले पार्टीमा जारी विवादका विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठक माग गर्दै लिखित पत्र दर्ता गरेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ३ जना कोरोना संक्रमितहरु डिस्चार्ज


पार्टी भित्रको विवादले आफुलाई थप चिन्तित बनाएको भन्दै यसको समाधानका लागि याथसिघ्र बैटकको माग गर्दै दुवै अध्यक्षलाई सम्बोधन गरि पत्र बुझाईएको हो ।
पत्रमा भनिएको छ, “हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’

नेपालमा आज २१० कोरोना संक्रमित थपिए, संक्रिय संक्रमित ५ हजार ३६० को उपचार हुदै


पार्टीको विधान अनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनु पर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ बाँकी २ जनाको पनि सहमति रहेको नेताहरुले बताएका छन् ।
नेकपा भित्र दुई अध्यक्ष बिच कुरा नमिलेपछि स्थाईकमिटीका बहुमत सदस्यहरुले अध्यक्ष एंव प्रधनमन्त्री केपि शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनु पर्ने माग गर्दै आएका छन् ।

एक सातामा माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार