सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज अपराह्न्न चार बजेका लागि तोकिएको छ ।
पार्टी नेतृत्वमा देखिएको विवादका कारण पटक पटक स्थगित हुदै आएको उक्त बैठक आज पनि हुने कि नहुने भन्ने अन्यौलहरु भने कायमै रहेका छन् ।
पछिल्लो पटक प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपि शर्मा ओलीले सरकार र पार्टी दुवै प्रभावकारी ढंगले संचालन गर्न नसेको भन्दै दुवै पद छोड्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल लगायतले आग्रह् गर्दै आएका छन् ।

आगामी २४ घण्टामा देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना


तर, ओलीले भने दुवै पदहरु कुनै हालतमा नछोड्ने अडान लिदै आएका छन् । यहि विवादको सेरोफेरोमा पार्टीको स्थायी कमिटी र सचिवालयको बैठक समेत रुमल्लिएको छ ।
यसअघि हिजोमात्र बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा एकता महाधिवेसन गर्न प्रस्ताव गरेका बताईएको छ ।
त्यसलगत्तै दुवै अध्यक्ष शितलनिवास पुगेका थिए । आजको बैठक समेत विवाद निरुपणका विषयमा केन्द्रित हुने स्रोतले बताएको छ ।

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयो, १ जना हामफालेर बच्न सफल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार