आजका लागि बोलाईएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
बैठकको प्रस्ताव तय गर्न बाँकी रहेकाले स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिए ।
यसअघि साउन ६ गते बाढि पहिरोको कारण राहत तथा उद्धारमा खटिनु आवाश्यक रहेको भन्दै बैठक स्थगित गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुग्यो, आज बाराका ६० वर्षीय पुरुषको मृत्यु


पार्टीको आन्तरिक विवाद नटुंगिएका कारण बैठक कयौँ पटक स्थगित भैसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एंव अध्यक्ष केपि शर्माओलीले दुवै पद छोड्नु पर्ने माग गर्दै आएका छन् ।
तर, प्रधानमन्त्री ओलिले भने आफुले दुवै पद नछोड्ने अडान लिदै आएका छन् । जसका कारणपार्टी भित्रको विवाद टुंगो लाग्न नसकेको हो ।

बागलुङको पश्चिम क्षेत्रका विभिन्न स्थानहरुमा गएको पहिरोमा परी ४ जनाको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार