पोखरा, वैशाख ।
नेबि संघ कास्कीले मंगलबारदेखी कास्कीका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालीन बन्द गर्ने बताएको छ । गिरफ्तार विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै भोलीदेखी जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकाल सम्मका लागि बन्द गर्ने नेबिसंघ कास्कीका सभापति बिकास थापाद्धारा हस्ताक्षेरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।


पोखरा बिश्व बिद्यालयमा जारी शान्तिपुर्ण आन्दोलनमा प्रशासनद्वारा विद्यार्थीमाथी धरपकड गरेको भन्दै विज्ञप्तीमा निन्दा समेत व्यक्त गरिएको छ । आन्दोलनका क्रममा विद्यार्थी नेता बिकास रानाभाट, फिरोज सुवेदी, प्रताप बानियाँ, शुष्मा गौतम, प्रबिन ओझा, रागब तिवारी, सरोज शाह, आशिष पौडेल, अशोक तिमिल्सिना लगायतका नेताहरूलाई प्रहरीले गिरफ्तार गरिएको छ ।

नेपाल विद्यार्थी संघसधै विद्यार्थीको पक्ष र विद्यार्थीको हक हितको लागि काम गर्ने जिम्मेवार संगठन हो भन्दै बिज्ञप्तिमा भनिएको छ, हरेक विद्यार्थी आन्दोलनमा नेबिसंघको पुर्ण सक्रियता र नेतृत्वदायी भुमिका छ ।

नेपाल विद्यार्थी संघले पोखरा बिश्व बिधालयमा जारी आन्दोलनको नेतृत्व गरिरहेको छ । तर, आन्दोलनको दौरानमा शिक्षण संस्थाहरु नै बन्दको आह्वान गरि शिक्षण सिकाई क्रियाकलापलाई नै ठप्प पार्ने कार्यप्रति सरोकारवालाहरुले भने गहिरो चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार