नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने पक्का भएको छ । यसअघि महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।

रञ्जन प्रकरणमा सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च मै निवेदन दर्ता


बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले केहि पूर्व अध्यक्षहरु समेत सहभागी पदाधिकारी बैठबले तत्कालका लागि चुनाव स्थगित गर्ने निर्णय गरेको बताए ।

भिमसेन चोक आसपासका जिर्ण भवनहरु विस्थापन गरि पार्क सहितको पार्किङ निर्माण गर्न माग


उनका अनुसार अब सरकारले सभासम्मेलन खुला गर्ने निर्णय गरेको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको छ । पदाधिकारी बैठकले गरेको यो निर्णयको चन्द्र ढकाल समूहले भने विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार