नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपुरको देवचुली नगरपालिकाकी ४७ वर्षीय एक महिला (स्वास्थ्यकर्मी), कावासोती नगरपालिकाका २४ र ७० वर्षका २ महिला र मध्यविन्दु नगरपालिकाका ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको हो ।
यससंगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार