पोखरा, वैशाख ।
शुक्रबार राष्ट्रिय फोटो पत्रकारीता दिवस पोखरा लगायत देशभर क्रियाशिल फोटो पत्रकारहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन् । दिवसको अवसरमा पोखरामा “आजको अनिवार्यता सशक्त व्यावसायिक फोटो पत्रकारिता’ भन्ने नाराका साथ गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ ।


नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा कास्की शाखाको सहआयोजना र पर्यटन बोर्डको सहयोगमा गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यका ५० वटा फोटोहरु लेकसाइडको बाराहीचोक चोकमा प्रदर्शनी गरिएको हो ।


प्रदर्शनीमा ११ जिल्लाका पर्यटकिय स्थलहरुको फोटो राखिएको छ । गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनलाई नेपालमा राष्ट्रिय फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ ।
प्रदर्शनीमा पोखराका फोटो पत्रकारहरु कृष्णमणी बराल, राम गुरुङ, अशेष शाक्य, सागर राज तिमिल्सिना, प्रदिप पौडेल, इन्द्र पौडेल, दिपक परियार, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, सन्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा लगायतले खिचेका फोटो राखिएका छन् ।


फोटो प्रदर्शनीको आन्तरीक तथा बाह्य पर्यटकहरुले प्रत्यक्ष अवलोकन गरेका छन् । गण्डकी प्रदेशका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले दिवसका दिन उक्त कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष राम गुरुङ्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार