पोखरा, वैशाख ।
युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को संयुक्त आयोजनामा पोखरामा राष्ट्रिय झण्डा दिवस मनाईएको छ । राज्यले औपचारीक रुपमा यसलाई दिवसको रुपमा घोषणा नगरेको भएपनि पोखरा उपत्यका वृहद सफाई अभियान तथा नागरीक समाज पोखरासंगको सहकार्यमा स्वतन्त्र विचारबाट प्रभावित नागरीकहरुको सहभागीतामा र्याली सहितको कार्यक्रम गरिएको संजालका अध्यक्ष भीम थापाले बताउनुभयो ।


कार्यक्रम कुनैपनि राजनीतिक विचारबाट प्रेरित नभई नागरीक स्तरबाट राष्ट्र र राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डाको सम्मानमा सर्मपित गरिएको थापाले उल्लेख गर्नुभयो । विभाजित मानसिकताले ग्रसित मानिसहरुका कारण समाज राजनीतिक संकुचनको शिकार बनिरहेका प्रति गहिरो चिन्ता व्यक्त गर्दै बासका अध्यक्ष शिवराज बस्ताकोटीले राष्ट्रियताको संरक्षणमा नागरीकहरु सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।

सिमित सोच र स्वार्थका कारण समाजमा विचारको स्खलन गराई राजनीतिक विभाजन मार्फत राष्ट्रियतालाई कमजोर बनाउने कयौ खेलहरु भैरहेका बेला नागरीक स्तरबाट गरिने यस्ता प्रकारका खबरदारीहरुले विषेस महत्व राख्ने पोखरा उपत्यका वृहद सफाई अभियानका मुख्य अभियान्ता राम बहादुर पौडेलले बताउनुभयो ।

नागरीक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीका अनुसार अव नागरीकहरुले राष्ट्रियताको जागरणसंगै शुद्धिकरणको अभियान छेड्ने कार्यमा विलम्व गर्नु राष्ट्रका लागी र्दुभाग्य हुने बताउनुभयो । स्ततस्फुर्त रुपमा गरिएको उक्त कार्यक्रममा सयौ नागरीकहरुले सहभागीता जनाएका छन् ।

नेपालको झण्डा दुई त्रिकोण मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ ।

नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो । वर्तमान नेपालको राष्ट्रिय झण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन् । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल अंग्रेज युद्धमा हजारौ नेपालीले यहि झण्डा को शान बचाउनको लागि बलिदान गरेका थिए ।


वि.सं २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र सूर्य अंकित दुई पताका भएको रातो झण्डालाई नै नेपाल राष्ट्रको राष्ट्रिय झण्डाको रूपमा स्वीकार गरिएको हो । विश्वरंगमञ्चमा आज यही झण्डा विशिष्ट शानका साथ फहराइरहेको छ ।


चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो । मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखिएको विश्वास गरिन्छ । त्यसैले पनि हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ । यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ । यस्तो मोडेलको झन्डा संसारमा नेपाल बाहेक अरूको छैन् ।


मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ । राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ । कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ । त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढंगले व्याख्या गरएिको छ । त्यसैले यो कुनै अमुक जातजाति र धर्मविशेषको होइन, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार