काठमाण्डौ, चैत्र ।
नागरिकता विधेयक विरुद्धको संघर्ष समन्वय समितिले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक खारेज गर्न माग गरेको छ ।
आइतबार काठमाडौको माइतिघरमा विरोध प्रदर्शन गर्दे उक्त विधेयक राष्ट्र हितबिपरित हुने भन्दै खारेज गर्न माग गरेको हो । समितिले विदेशीहरुले लिएको नागरिकता छानबिन गरी गर्न र अधिकार सम्पन्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठनमा दबाब दिन प्रदर्शन गरेको जनाएको छ । बाह्य शक्तिको दबावमा परेर वर्तमान सरकार राष्ट्र र राष्ट्रियतालाई खतरामा पार्न उद्धत रहेको समितिले गम्भिर आरोप लगाएको छ ।


अन्तरिम संविधान जारी हुनुपूर्व नै संवैधानिक र कानूनी मुल्य–मान्यताको उल्लंघन गरी ल्याइएको नागरिकता ऐन, २०६३ नै विवादस्पद र राष्ट्रिय हितविपरित रहेकोपनि समितिको ठहर छ । सरकारले राष्ट्रघाती प्रावधान राखि नागरिकता ऐन संशोधन गर्न संसदमा षड्यन्त्रपूर्ण ढङ्गले पेश गरि विदेशी नागरिकलाई नेपालको नागरिकता बितरण गर्न लागेकोले तत्काल उक्त विद्येयक नै खारेजीको माग गरेको हो ।
समितिमा नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पाटी (माले), जन–समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय जागरण परिषद् नेपाल आवद्ध पार्टी तथा संस्थाहरु आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार