नवलपुरमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा गैडाकोटका १६ जना र देवचुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै गैडाकोट १ का ३ पुरुष र १ महिला, गैडाकोट ५ का ३ पुरुष र ३ महिला, गैडाकोट ४ का १ पुरुष र १ महिला तथा गैडाकोट ३ का ४ पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उता देवचुली नगरपालिकाको वडा नं. ७ का एक जना पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार