गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा नवलपुरका २९ र तनहुँका १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुरमा गरिएको नमुना परिक्षणमा ३५ जनामा कोरोना संक्रमण


नवलपुरको विनय त्रिवेणी गाउँपालिका वडा नं. ४ का ६ जना महिला र ५ जना पुरुष तथा वडा नं. ३ का ६ जना पुरुष र वडा नं. ५ की १ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको हो । संक्रमितहरु १३ वर्षीया बालिका सहित ७४ वर्षीय वृद्ध सम्मका रहेका छन् ।

मन्त्रीपरिषद बैठक आज बस्दै, विद्युत प्राधिकरणमा कुलमानको यात्राको टुंगो आजै लाग्ने


यस्तै नवलपुर कै कावासोती नगरपालिका वडा नं. ५ का २४ वर्षीय पुरुष, वडा नं. ८ का २५ वर्षीय पुरुष र वडा नं. १६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।खयससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ७९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार