नवलपुरमा एकै पटक ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाइम पिसिआर परिक्षणमा नवलपुरको देवचुली नगरपालिका र विनयत्रिवेणीका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ती हुने कि नहुने भन्ने विषयको टुंगो शुक्रबार लाग्ने


विववरण अनुसार देवचुली नगरपालिका वडा नं. ७ का ४६, ४० र ३८ वर्षीय पुरुष, वडा नं. ४ का ४० वर्षीय पुरुष, वडा नं. १० की ३० वर्षीय महिला, वडा नं. १४ का ३४, ४द्ध, ५२ र ३७ वर्षीय पुरुष तथा ६, १५ र ४० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै नगरपालिकाको वडा नं. ११ का ३७ वर्षीय एक पुरुष, वडा नं.८ का ३०, ३८, ३८, ३८, ४७, ३९, ४३, ४७, ३२, २६ र ३९ वर्षका ११ जना पुरुष, वडा नं.९ का ३६, ६५, ४९ र ३० वर्षका ४ पुरुष तथा वडा नखुलेका ३६, ३६ वर्षका २ महिला र ५५, ४१, ४८ र ३५ वर्षका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


यस्तै निवयत्रिवेणी नगरपालिकाको वडा नं. ६ का २ पुरुष र ३ महिला, वडा नं. ५ का एक पुरुष र वडा नं. ७ का २ जनामा कोरोना संक्रमण भएको हो । यससंगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार