तीज पर्वमा हुने भिडभाडलाई लक्षित गरी पश्चिम नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
निषेधाज्ञाको समयमा जमघट, भेटघाट, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न प्रशासनले सूचना मार्फत आग्रह गरेको छ ।
निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रजिअ पाठकले बताए ।
कोरोना महामारीको संक्रमण जोखिमका कारण निषेधाज्ञा आह्वान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार