आज नागपञ्चमी पर्व । हिन्दुधर्मावलम्विहरुले घरका मूलढोकामा नागको तस्वीर टाँसेर विधिपुर्वक पूजाआजा गरि मनाईरहेका छन् ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वका अवसरमा नाग देवताको पूजा गर्दा सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

आगामी २४ घण्टामा कहि हल्का कहि मध्यम त कहि भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध


सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नाग देवतालाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

यता पोखरामा पनि यो पर्व मनाईएको छ । पोखरा २ नालाकोमुखका जितेन्द्र नापितले नागदेवताको पुजा गरि विधिपुर्वक नागपञ्चमी पर्व मनाईएको बताए ।
आ(आफ्नो घरको मुलढोका सहित नजिकका नागथानहरुमा नाथको पोष्टर टाँसेर पुजाआजा गरिएको उनले बताए । वर्षातको समयमा हुने भुक्षय, बाढि पहिरो र चट्याङ लगायतको भय मोचनका लागि नागदेवताको पुजा गर्ने प्रचलन रहेको नापितले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार