निरन्तरको वर्षाका कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले सडक खुलाउने प्रयास भैरहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने आउने तथा नारायणगढ तर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएका छन् । केही दिनदेखी निरन्तर वर्षा भएपछि देशभरको जनजिवन प्रभावित बनेको छ ।

मन्त्रीपरिषद बैठक आज बस्दै, विद्युत प्राधिकरणमा कुलमानको यात्राको टुंगो आजै लाग्ने


यो पनि पढ्नुहोस्, आज प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले र ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
दिउँसो देशभर मौषममा सामान्यदेखी पुर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोरोना भाइरसका कारण विश्वभर ९ लाख १३ हजार बढिको मृ-त्यु


हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अबस्थित छ । हाल देशभर सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार