पोखरा, जेठ ।
सगरमाथा सफाइ अभियान २०७६ अन्तर्गत ११ हजार केजी फोहर संकलन भएको छ । सगरमाथा बेसक्याम्प, क्याम्प १ देखि ४ हुँदै साउथ कोलसम्म संकलन गरिएको ११ हजार केजी फोहर मध्ये गल्ने र सड्ने फोहरबाहेक अन्य १ हजार फोहर बुधबार काठमाडौ ल्याइएको छ । फोहर काठमाडौ ल्याइए लगतै १ हजार किलो फोहोर ब्ल्यू ओष्ट टु भ्यालुलाई हस्तान्तरण गरिएको छ । सगरमाथाको बेस क्याम्पबाट नेपाली सेनाको हेलिकप्टरबाट फोहोर ल्याईएको थियो ।


खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा गरिएको सरसफाइका क्रममा चार वटा शव पनि भेटिएको पर्यटन बिभागले जनाएको छ । सरसफाइ अभियानका क्रममा लक्ष्यभन्दा बढी फोहोर संकलन भएको बिभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । उहाले अभियानका क्रममा सगरमाथा क्षेत्रको मौसम सफा भएकै कारण सोचेभन्दा बढि फोहर संकलन गर्न सकिने जानकारी दिनुभयो ।


फोहर लिदै ब्ल्यू ओष्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नविन बिकास महर्जनले संकलन गरिएका फोहरहरु भारत पठाइने बताउनुभयो । शिशाहरु भने नेपालमा नै पुनप्रयोगमा ल्याईने जानकारी दिनुभयो । गएको वैशाख एक गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सफाइ अभियान सञ्चालन भएको थियो ।








अभियान अन्तर्गत बेस क्याम्प वरपरबाट ५ हजार केजी, साउथकोलबाट करिव २ हजार केजी, र क्याम्प २ र ३ बाट करिव ३ हजार फोहर संकलन गरिएकोमा त्यो भन्दा बढि फोहर संकलन भएको हो ।














तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार