कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ ।

यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै पहिलो औपचारिक आरोहण अनुमति हो । टोलीलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले शुक्रबार आरोहण अनुमति प्रदान गरेका छन् ।

यसअघि सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहण गर्न नेपाल आउने अनुमति दिएको थियो । यद्यपि यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन । आज अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार