मोरङको विराटनगर महानगरपालिका सहित जिल्लाका चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा आज रातिबाट लागू हुनेछ ।
आज रातिबाट लागु हुने निषेधाज्ञा भदौं १० गते राति १२ बजेसम्म कायम रहनेछ ।
प्रशासनले निषेधाज्ञा जारी भएको स्थानमा घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । अटेर गरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
बजार क्षेत्रमा अतिआवश्यक खाद्यबस्तु, इन्धन, तरकारी फलफूल, डेरी लगायत पसल विहान ९ पछि सञ्चालन गर्न नपाउने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार