आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयहरु बन्द गरिएका भएपनि भक्तजनहरुले बाहिरै बाटै दुध चढाएका छन् ।
पोखराको केदारेश्वर महादेवमणी मन्दिरमा समेत गेटबाटै पाइपको उपयोग मार्फत मुख्यमन्दिरको शिवलिंगमा दुध चढाउने व्यवस्था गरिएको छ ।
मन्दिरको मुख्य गेटदेखी शिवलिंगसम्म पाइपले जोडिएको छ । जसमा गाईघाट देखी जललिएर पुगेका श्रद्धालुहरुले पाइप मार्फत आसुतोष भगवान शिवलाई जल चढाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार