जेठ ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामसमयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम छिटो सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । खानेपानी तथा सरसफाइ नीति ल्याउन, खानेपानी र सरसफाइका क्षेत्रमा सञ्चालित योजनाका काम समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी गर्न पनि समितिले मन्त्रालयलाई निर्देश दिएको छ । तराई÷मधेशका जिल्लामा खानेपानीमा देखिएका आर्सेनिक र हिमाल एवं पहाड जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टमा माध्यमबाट खानेपानी उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ भने संविधान प्रदत्त स्वच्छ खानेपानी पिउन पाउने जनताको मौलिक अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्नसमेत मन्त्रालयलाई निर्देश गरेको छ । समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नरगराउन पनि खानेपानी मन्त्रालयलाई सचेत समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।


बैठकमा खानेपानी मन्त्री बीना मगरले प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो जानकारी दिँदै खानेपानी योजना हुने, कार्यालय नहुने, कार्यालय हुने, योजना नहुने स्थितिलाई अन्त्य गरिने बताउनुभयो । भूकम्पले क्षति पु¥याएका ७७८ खानेपानी योजनामध्ये १०९ योजना मात्र सम्पन्न हुने बाँकी रहेको भन्दै उहाँले सम्पन्न हुन बाँकी योजना पनि आगामी वर्षभित्र सम्पन्न हुने जानकारी दिनुभयो । बैठकमा सांसदले खानेपानी र सरसफाइ योजना बनाउँदा प्रभाव र दबाबभन्दा आवश्यकताका आधारमा छनोट गर्न, अधुरा खानेपानी योजनालाई सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्रमा लिफ्टका माध्यमबाट पानी पु¥याउन र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । खानेपाानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खानेपानी तथा सरसफाइसम्बन्धी नयाँ ऐन तर्जुमा गर्न लागेको, पहुँच र प्रभावका आधारमा मन्त्रालयले खानेपानी योजना तर्जुमा नगरेको स्पष्ट पार्दै आर्थिक समृद्धिका लागि खानेपानी क्षेत्रमा बजेट वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।


नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७५ मा कृष्ण कुमार महतोको ‘अप्पन’ चलचित्र प्रथम भएको छ । सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले महतो नगद रु दुई लाख सहित पुरस्कृत गर्नुभयो । प्रतियोगीतामा गगन कुमार श्रेष्ठको ‘चाहना’ले दोश्रो स्थान र प्रद्युम्न मिश्रको ‘हातेमालो’ ले तेश्रो स्थान हासिल गरेको छ । श्रेष्ठ र मिश्रले क्रमश एक लाख पचास हजार र एक लाख रुपैया पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’र पाचौं हुने शम्भु थापाको ‘साहसलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु २५ हजार रुपैया प्राप्त गरेका छन् । कार्यक्रममा प्रधानसेनापति थापाले नेपाली सेना सम्बन्धी विभिन्न जानकारी मूलक मोबाईल एप्सको समेत शुभारम्भ गर्नु भएको थियो । प्रतियोगिताले राष्ट्र प्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित तथा नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।


नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ हुने भएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे कृषि पर्यटनलाई विस्तार गर्ने उद्देश्यसहित जेठ ४ देखि ८ गतेसम्म ककनी गाउँपालिकाको सहआयोजना मेला आयोजना गर्न लागेको जनाएको हो । स्वर्गीय पोष्टबहादुर बोगटीको आदर्शलाई जनस्तरसम्म स्थापित गराउँदै कृषकलाई कृषि पेसामा आकर्षण बढाउने, विषादीरहित अर्गा्निक कृषि उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने र कृषि पैदावरलाई उपभोक्ता बजारको पहुचमा पुयाउन कृषि मेला केन्द्रित गर्ने प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले जानकारी दिनुभयो । मेलामार्फत कृषि क्षेत्रमा आधुनिक मल, बिउबीजन तथा आधुनिक औजार भित्र्याउन, राम्रो र उत्कृष्ट कृषकलाई प्रोत्साहित गराउने, उत्पादन बढाउने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने उहाले बताउनुभयो । कृषि मेलामा जिल्लाका १२ वटै स्थानीय तह र बाहिरी जिल्लाको पनि विशेषता झल्कने कृषि सामग्रीको स्टल राखिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार