जेठ ।
शाही युवा शक्ति, नेपालले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरि सरकारले मिडिया काउन्सिलसम्बन्धी विद्येयक ल्याउन लागेको भन्दै तत्काल उक्त विद्येयक खारेजीको माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो माग गरेको हो । लोकतन्त्रको आवरणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मिडियालाई नै नियन्त्रण गर्नेगरि विद्येयक ल्याउन लागेको अध्यक्ष पशुपति खड्काले आरोप लगाउनुभयो । खड्काले अहिलेपनि जनताको चाहना भनेको मुलुकमा राजसंस्था पूर्नस्थापना होस भन्ने नै भएको बताउनुभयो । उहाले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहेर आफ्ना संगठनका सदस्यहरुले गतिविधि गर्दापनि ओली सरकारले निरंकुशता लादेर अपहरण शैलीमा गिरफ्तार गरेकोमा गम्भिर आपत्ति जनाउनुभयो । संघले पछिल्लो समय बिभिन्न सञ्चारगृहमा भइरहेको आक्रमणको समेत निन्दा गरेको छ ।

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा १५ ले विभिन्न क्षेत्र मार्फत सहकारीलाई योगदान पु¥याउने आफ्ना शेयर सदस्यहरुलाई सम्मान गर्दै १५ औं स्थापना दिवस मनाएको छ । बरिष्ठ व्यक्तिहरुद्वारा १५ वटा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा जेष्ठ नागरिक बचत तर्फ रामशोभा थापा, बाल बचत तर्फ दिया गुरुङ, मासिक बचत तर्फ इश्वरी लम्साल, दैनिक बचत तर्फ रीता मगर, ऐच्छिक बचत तर्फ सुन्दर कुमार गुरुङ, असल ऋणी तर्फ सुशिला गुरुङ, संचालक समिति तथा उपसमिति तर्फ लिल बहादुर अमृत वि.क. र लिला कुमारी पौडेल रहेका थिए । यसैगरी ८४ वर्ष पुगेकी मनशोभा थापा, लायन्स क्लव ३२५ बी १ को २०१९।२० को चिफ एडभाइजर भएकोमा सुचित्रा थापा र स्वतन्त्र पत्रकार संघ कास्कीको उपाध्यक्ष भएको तिलक थापालाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका संचालक एवं गण्डकी प्रदेश संयोजक भिम गुरुङले प्रोवेसन र मर्जरमा जाने जस्तो महत्वपूर्ण कार्यको शुरुवात गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिंदै प्रोवेसनको गण्डकी क्लस्टर बनाउँदा गाह्रो भएको समेत स्मरण गरे । उनले भने, “अहिले अवस्था त्यस्तो छैन, कास्कीमै दुईवटा नयाँ क्लस्टर तयार भई प्रक्रिया अघि बढिसकेको छ ।”

यसैगरी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले उत्पादनशील क्षेत्रमा काम गर्नुपर्ने बताए । कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले खानको लागि काम गर्ने कि जीउनको लागि भन्ने सवाल महत्वपूर्ण भएको भन्दै लाभांसकै पछाडि मात्र दौडनेहरुलाई ढोका थुनेर राख्न नसकिने बताए । सिएमसी कास्कीका अध्यक्ष मिलन ढकालले संस्थागत पुँजी र शुद्ध ऋणको बारेमा छिमेकी सहकारीहरुलाई पनि शिक्षा दिंदैअगाडि बढ्नुपर्ने बताए ।सुगम र संगम सहकारीको एकीकृत भएको सम्झनामा पोखरा रंगशालाभित्र रहेको हनुमान पार्कलाई सु–संगम पार्क बनाई पाँच वर्षसम्म संरक्षण, सम्वद्र्धन गर्ने जिम्मा पाएको सो अवसरमा अध्यक्ष निरज थापाले जानकारी गराए । संस्थाको अर्धवार्षिक बुलेटिन ‘संगम दर्पण’ वर्ष ३ अंक १ को सोही कार्यक्रममा विमोचन गरियो । यसैगरी दुई संस्था एकीकरण भएको खुशियालीमा शेयर सदस्य राजेन्द्र गिरी ‘राज चन्चल’ ले जागरण गीत सुनाएको सो कार्यक्रममा पोखरा रोयल साकोसका अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङ, हितैषी साकोसका अध्यक्ष शेर बहादुर कार्की, आस्था साकोसका सचिव नारायण प्रसाद आचार्य, संगम साकोसका नवराज तिवारी, धनराज पुरी, विष्णु कुमारी थापा, सुचित्रा थापा, अपिल कोइराला लगायतले बोलेका थिए ।

प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको बानेश्वरमा प्रदर्शन भएको छ । महासंघले प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ताका लागि दबाब दिन शुक्रबार बानेश्वरमा प्रर्दशन गरिएको हो । काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली बानेश्वर पुगेर सभा र प्रदर्शनमा परिणत भएको थियो । यसअघि महासंघले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापतिलगायतलाई भेटेर विधेयक फिर्ता लिन यसअघि नै आग्रह गरिसकेको छ । उनीहरुले विधेयकमा संसदभित्र पर्याप्त छलफल गराउने आश्वासन दिएका छन । विरोध सभामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई पिडित बनाएकै कारण सडकमा आउनुपरेको बताउनुभयो । उहाले कसैको विरोधमा नभइ लोकतन्त्रको पक्षमा आन्दोलन गरेको बताउनुभयो । महासंघलगायतका सरोकारवाला संस्था आन्दोलनमा उत्रिए पनि सरकारले विवादित मिडिया काउन्सिल विधेयक फिर्ता लिने वा नलिने बिषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार