काठमाण्डौ, जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले मिडिया काउन्सिल विधेयकमा भएका विवादित विषयमा गहन छलफल गर्नुपर्ने माग गर्नभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई मनन गर्दै विधेयकमा भएका दण्ड सजायँसम्बन्धी व्यवस्थाबारे गहन छलफल गर्नुपर्ने बताउनुभएको हो । सरकारले वैशाख अन्तिम साता संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेको थियो । विधेयकमा मिडिया काउन्सिलले २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्नसक्ने, काउन्सिलका पदाधिकारीको चयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव नेतृत्वको सिफारिस समितिले गर्ने, सरकारले काउन्सिललाई र काउन्सिलले सञ्चार माध्यमलाई निर्देशन गर्नसक्ने, पदाधिकारीहरूलाई सरकारले जुनसुकै बेला बर्खास्तगी गर्न सकिने जस्ता प्रावधान छन् ।

संविधान निर्माण गर्दा नै गहन छलफल गरेर प्रेस स्वतन्त्रताको पक्षमा गरिएको व्यवस्थालाई कुल्चिन नहुने रावलको तर्क छ । सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले पनि विधेयकमा भएका असन्तुष्टीका विषयलाई छलफल गरिने भनिसकेकाले धेरै तर्कं गरिरहने आवश्यक नरहेको रावलले बताए । यद्यपी सरकार र संचारकर्मीबीचको सम्बन्ध अप्ठ्यारो स्थितीतर्फ जानबाट रोक्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले वालुवाटारलगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्नुभयो । आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको वालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न रावलले माग गर्नुभयो । फरक प्रसंगमा नेता रावलले पार्टी विधानअनुसार चल्न नसकेको गुनासो पनि गर्नुभयो । पार्टी एकता प्रक्रियाका क्रममा आएका असन्तुष्टीलाई आन्तरिक रुपमा समाधान गरिने पनि रावलले बताउनुभयो । भातृ संगठन एकतामा गरिएको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टी आउनु स्वभाविक भएको तर समधान खोजिने रावलको भनाई थियो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले वर्तमान सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा उहाले सरकारका हरेक निकाय भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको मुख्य अखडा शितल निवास, बालुवाटार र सिंहदरवार भएको बताउँदै ठग र दलालको घेरामा रहेर भइरहेको निरन्तर कामकै कारण भ्रष्टाचारको अखडाका रुपमा यी क्षेत्र परिचित बनेको बताउनु भयो । वर्तमान सरकार नाममा मात्रको कम्युनिष्ट सरकार भएको भन्दै सरकारको आचरणलाई नियाल्ने हो भने गरीवका लागि कुनै काम नगरी सबै धनीको हितमा भएकाले यो कम्युनिष्ट सरकारका नभएको उहाँले बताउनु भयो । वर्तमान सरकारले संसदमा दर्ता गरेको मिडिया बिधेयक सरोकारवालाहरुसँग परामर्श नगरि एकोहोरो रुपमा ल्याउनु गलत भएको भन्दै यसले नागरिकको मौलिक अभिब्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने उहाँले बताउनु भयो । उहाँले यसका बारे बिभिन्न देशका बारे जानकारी लिनु पर्ने बताउनु भयो । नेताहरुको अदुर सोच, मुखलाई नियन्त्रण गर्न नसक्दा देशमा संघियता कार्यान्वयनमा जटिलता देखा परेको उहाँले बताउनु भयो ।


नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार काठमाडौको घट्टेकुलोमा निर्माण हुन लागेको बीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिल्यानाश गर्दे नेता सिंहले सांसदलाई आउने बिकास बजेट हचुवाका भरमा खर्च नहुने भन्दै यसको विरोध गर्नुको कुनै अर्थ नै नभएको बताउनुभयो । उहाले बिकास बजेट कार्यक्रम र प्रक्रियाका आधारमा मात्र खर्च हुने बताउनुभयो । जनताबाट चूनिएका जनप्रतिनिधिले जनताको चाहनाअनुसारको विकास गर्नका लागी बिकास बजेट महत्वपूर्ण हुने उहाकोे भनाई छ । नेता सिंहले सांसद बिकास बजेटको उचित कार्यान्वयन गर्नका लागी सरकारले सरल व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्यले आफुले महानगरको एकपैसापनि आफ्नो व्यक्तिगत खातामा नरहेको दाबी गर्नुभयो । उहाले आफुमाथि भ्रम फैलाउन विरोधीहरुले हल्ला फैलाएको स्पष्ट पार्नुभयो । साढे चार तल्लामा निर्माण हुने बीर गणेशमान सिंह जेष्ठ नागरिक भवन १६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार